24*7 365 days
24*7 365 days
हजारौंको अनुहारमा मुस्कान छरेर, कयौं जीवनलाई सुन्दर सुरुवात दिएर उहाँ आफैं भने यो संसारबाट विदा हुनुभयो।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ स्व. डा. देवी गुरुङको निधनले स्वास्थ्य क्षेत्र, उहाँसँग जोडिएका असंख्य बिरामी तथा भेनस हस्पिटल परिवारलाई अपूरणीय क्षति पुगेको छ। उहाँ एक कुशल चिकित्सक मात्र नभई समर्पित सेवाभाव, सरलता र मानवताले भरिपूर्ण सच्चा मार्गदर्शक हुनुहुन्थ्यो।
उहाँले आफ्नो ज्ञान, सीप र आत्मीय व्यवहारमार्फत अनगिन्ती महिलाको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउनुभयो। उहाँले देखाउनुभएको सेवाको बाटो र उहाँका अमूल्य योगदानहरू सदैव स्मरणीय रहनेछन्।
आज स्वास्थ्य क्षेत्रले एउटा सच्चा मार्गदर्शक र निष्कलंक तारा गुमाएको छ। हजुरको अभाव सधैं खड्किरहनेछ, म्याम।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
हार्दिक श्रद्धाञ्जली।
— भेनस हस्पिटल परिवार